बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ट्वान्टी–२० शृंखलाः नेपालद्वारा ओमानविरुद्ध ३७ रनको जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ र ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले पहिलो जित निकालेको छ । नेपालले आइतबार ट्वान्टी–२० शृंखलाअन्तर्गत ओमानविरुद्ध ३७ रनको जित दर्ता गराएको हो ।

क्यानडाको किंग सिटी मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले १९।१ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । ओमानका सोएब खानले ४५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रफिउल्लाहले ३३, फयाज बटले १७ र प्रतीक अथावालेले १५ रन थपे । ओमानका ओपनर कश्यप प्रजापति ‘गोल्डेन डक’ भएका थिए ।

नेपालका करण केसीले तीन विकेट लिए । कुशल भुर्तेल र गुल्सन झाले समान दुई विकेट लिँदा रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

नेपालका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ४० रन बनाए । उनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरेका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले पाँच बलमा एक चौका र दुई छक्कासहित १८ रन जोडे । कुशल मल्लले ३० रन थप्दा ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । ओमानविरुद्ध छैटौँ नम्बरमा ब्याटिङका लागि आएका कुलश भुर्तेलले २० रन जोडे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x