बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रेश्मा र एसडीको स्वरमा आयो ‘पिङ्की पियारी’

काठमाडौं । गायिका रेश्मा पुनले गायक एसडी योगीको साथमा नयाँ डान्सिङ म्युजिक भिडियो ’पिङ्की पियारी’ ल्याएकी छिन् । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टाले लेखेका छन् भने सङ्गीतकार एसडी योगी स्वयं रहेका छन् ।

भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले अभिनयसँगै शानदार नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका छन्, जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x