बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टाटा मोटर्सले बाढी र पहिरोमा परेका गाडीको घरमै मर्मत गरिदिने

काठमाडौं । टाटा मोटर्सले देशव्यापी आइपरेको बाढी र पहिरो तथा डुबानका घटनाबाट टाटा प्यासेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिने कम्पनीले जनाएको छ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् ।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ । यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो ।

यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखी यस विशेष सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x