शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयोः रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका हुन् ।

उनले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताए । उनले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताए ।

उनले भने– ‘सुनकोशी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्योभित्र हेलिकप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरुले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय हुन नसक्दाखेरी कुन ठाउँमा म छु, त्यहाँ हेलिकप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकप्टर कि ठूलो हेलिकप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरी कहाँ उद्धार गर्ने ? हेलिकप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतित भएको । त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकप्टर कहाँ आउने ? कतिजना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भुमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु ? कुन टोलमा छु भन्नेसम्म विपद्मा परेका मान्छेहरुले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’

उनले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x