संयुक्त राष्ट्र प्रमुखद्वारा इजरायलमा इरानको मिसाइल आक्रमणको निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमणको निन्दा गरेका छन् ।
इरानले मङ्गलवार इजरायलतर्फ करिव २ सय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको गुटेरेसले सुरक्षा परिषद्लाई मध्यपूर्वको अवस्थाबारे आपतकालीन बैठकमा बताए ।
लेबनानमा जारी इजरायली सैन्य आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि इरानले मङ्गलवार साँझ इजरायलमा करिव १८० मिसाइल प्रहार गरेको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको मिसाइल आक्रमणको इजरायलले जवाफ दिने वाचा गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE