शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ । घटस्थापनाका दिनदेखि दशैँको सस्तो बजार शुरु गरिएको थियो । सुपथ मूल्यमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ ।

दशैँ सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, श्रृंगारका सामान, घरेलु सामान, सजावटका सामग्रीका साथै खाद्यवस्तुहरु व्यापारीहरुले विक्री गर्दै आईरहेका छन् । जनकपुरधाममा दशैँको मेला वरपरका गाउँबाट आएकाहरु दैनिक उपभोग्य वस्तु खरिद गर्नकालागि पुग्ने गरेका छन् ।

जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपडाको स्टल लगाएका व्यापारी श्याम साहले बताए । उनी प्रत्येक वर्ष दशैँ सस्तो बजारमा स्टल लगाउँदै आइरहेका छन् । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको बजार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रत्येक वर्ष सस्तो बजार लगाउने गरिएको बताए ।

उनले आउने वर्षहरुमा दशैँमा मात्रै लाग्ने यो सस्तो बजार छठसम्म लगाउने गरी योजना बनाईरहेको जानकारी दिए । सस्ता बजारमा स्टल लगाएका पंकज केजरीवालले सस्तो बजारले आर्थिक रुपमा व्यापारीलाई केही हदसम्म सबल बनाउने बताए । सस्तो बजारमा राम्रै व्यापार चलिरहेको बताए ।

मा सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफू सस्तो बजारमा आएका उपभोक्ताहरुले बताए । यद्यपि खुद्रा सामान किन्न कठिनाई भइरहेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

दशैँको अवसरमा हरेक वर्ष जनकपुर धाममा सस्तो मेला लाग्ने गर्दछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x