विशेष महाधिवेशनका लागि विभिन्न स्थानबाट र्याली निकाल्न सुरु
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्याली निकाल्न सुरु भएको छ ।
शंकरदेव क्याम्पस, रत्नपार्क, सुन्धारा, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्याली निकालिएको हो । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।
कुपण्डोलबाट निस्किएको र्यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायत सहभागी छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE