बडा दशैंको आज मुख्य दिन, टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । हिन्दुहरुको मुख्य पर्व बडा दशैं अन्तर्गत आज मुख्य दिन अर्थात बिजया दशमी । आजका दिन हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको प्रसादका रुपमा आफ्ना मान्यजनको हातबाट टीका ग्रहण गरी आशिर्वाद लिने गर्दछन् ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE