बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

डडेलधुरामा रात्रीबस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना घाइते

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने त्यसमा सवार रहेका १२ जना घाइते भएका छन् । उक्त बस दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएको बताए । उनका अनुसार गम्भीर घाइते चालक बोहरालाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x