बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कास्की प्रहरीको हिरासतमा रवि, आइतबार मात्र अदालतमा उपस्थित गराइने

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई स्थलमार्गबाट पोखरा लगेको हो ।

शनिबार बिहान ३ बजेको समयमा पोखरा पुर्‍याइएको लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिई पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई कास्की प्रहरीले जिम्मा लिएपछि पोखरामै अगाडि नै पुगेका पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले तथा काठमाडौंबाट स्थलमार्ग हुँदै सँगै गएका अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलले भेट गरेका थिए ।

स्थलमार्गबाट लैजादा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै नाराबाजी पनि गरेका थिए । केही स्थानमा रास्वपा कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x