शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

जापानको सत्तारुढ गठबन्धन सदनमा बहुमत कायम गर्न संघर्ष गर्दै

काठमाडौं । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र गठबन्धन साझेदार कोमेटोले आगामी संसदको चुनावमा आफ्नो बहुमत गुमाउनसक्ने स्थानीय सञ्चारमाध्यमले गरेको सर्वेक्षणले देखाएको छ । क्योडो न्युजले सोमवारसम्म करिव १ लाख ९० ह्जार योग्य मतदाताहरूलाई लक्षित गरी दुई दिने टेलिफोन सर्वेक्षण सञ्चालन गरेको हो ।

अक्टोबर २७ को चुनावको दौडमा स्थिति परिवर्तन हुनसक्ने अनुमाछ । किनभने २० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे अझै निर्णय गर्न सकेनन् । तल्लो सदनका ४६५ सिटमध्ये २८९ सिट एकल सिटबाट प्रत्यक्ष निर्वाचित राजनीतिज्ञहरूमा जानेछन् । अन्य १७६ विजयी समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत आउनेछन् । जसले देशलाई ११ निर्वाचन क्षेत्रमा विभाजन गर्नेछ ।

दलका दर्जनौँ सदस्यले राजनीतिक गतिविधिमार्फत उठाएको रकमको उचित प्रतिवेदन दिन नसकेको उच्च प्रोफाइल स्लश कोष काण्डका कारण एलडीपी एकल सिट जिल्ला र समानुपातिक प्रतिनिधित्व प्रणाली दुवैमा संघर्ष गरिरहेको छ ।

यसैबीच पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको प्रमुख विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीले आफ्नो समर्थन आधार विस्तार गरिरहेको छ । एलडिपीको नेतृत्व गर्ने प्रधानमन्त्री शिगेरु इसिबाले गठबन्धनको लागि कम्तिमा २३३ सीटहरू कायम राख्ने लक्ष्य राखेका छन् । तल्लो सदन विघटन भएको दिन अक्टोबर ९ सम्म एलडीपीसँग मात्र २५६ सिट थियो । कोमेटोसँग मिलेर सत्तारुढ गठबन्धनले २८८ सिटहरू प्राप्त गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x