सुर्यदर्शन सहकारी ठगीमा संलग्न ४४ प्रतिवादीहरु को–को हुन् ?

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोही जिल्लाको सुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको अभियोग लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइ कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्दा ८ कम्पनीसहित ४४ जनालाई प्रतिवादी बनाएको हो ।
प्रतिवादी बनाइएकाहरुमा सभापति लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाई रहेका छन् ।
त्यसैगरी, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबाहदुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशल कुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारी एक अर्व एकाउन्न करोड चालिस लाख उन्नाइस हजार एक सय चौरानब्बे रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE