काठमाडौंमा माओवादीको शक्ति प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पुरा भएसँगै माओवादीले उक्त सरकारका विरुद्ध खबरदारी तथा विरोधका लागि शक्ति प्रदर्शन गरेको हो ।
ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन् ।
काठमाडौं मलबाट जुलुस निकालेर भृकुटीमण्डपमा खबरदारी सभा गर्दैछ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई दबाब दिन खबरदारी सभा गरेको जनाएको छ ।
आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खोजेको माओवादीको दाबी छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE