मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा (तस्बिरसहित)

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उनले यस्तो बताएका हुन ।

उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभुति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताए । देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको दाबी गरे । कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो । करिव ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास पूर्वसांसद एवं नेपाली काँग्रेसका युवा नेता डा. शर्माले गरे । सो क्रममा शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थानीयकाअनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो ।

वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभइ स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ । पुल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x