बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आईतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् ।

अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उनले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्नेकुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । उनले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गरे ।

उनले भने, ‘हिजो एक जना उफ्रिउफ्रिकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर ।’

प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताउए । उनले ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गरे । उनले आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने बताए ।

उनले भने, ‘पोल्टिकल पार्टीहरुका आफ्नै संगठनहरु होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस संगठनभित्र राजनीतिक वार नगरौँ । सरकारको तर्फबाट तपाईंहरुलाई कुनै हस्तक्षेप हुनेछैन । तपाईंहरुल स्वतन्त्र भएर काम गर्नुस् । म देशको प्रधानमन्त्री हो, एमालेको प्रधानमन्त्री होइन । मैले कसैप्रति भेदभाव गर्न मिल्दैन, गर्दिन, प्रधानमन्त्रीको हैसियतले । मान्छेका त आफ्ना आफ्ना हैसियत हुन्छन् नि । हामी कुनै हस्तक्षेप गर्दैनौँ । सकेको सहयोग पुर्‍याउँछौँ । तपाईंहरु एकतावद्ध भएर चल्नका लागि के गर्नुपर्छ, गर्नुस् ।’

प्रधानमन्त्री ओलीले सबै एनआरएनएहरु एकतावद्ध भएर देश विकासमा लाग्न आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x