बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चितवनमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । चितवनमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायढगढ–मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।

आज बिहान अन्दाजी ३ बजेको समयमा नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

डिएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेका छन् ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई पक्राउ गरेको छ ।

माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ ।

हायस चालक र गुरूङको भरतपुर अस्पताल र अन्य तीनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x