बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कालिकोटमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पलाता गाउँपालिका वडा नं. ३ मा उक्त जीप दुर्घटना भएको हो ।

उक्त गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले गाडी दुर्घटना भएको पुष्टि गरे । अध्यक्ष रोकायाका अनुसार दुर्घटनामा १३ यात्रु रहेका थिए भने ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडी दुर्घटना हुँदा यात्रुहरु छरिएकोले खोजी भइरहेको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले दिएको जानकारी अनुसार क १ ज ५६ नं. को उक्त जीप आज दिउँसो २ बजेर ४५ मिनेटमा दुर्घटनामा परेको थियो ।

गाडी खिर्पु तर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ । गाउँपालिका अध्यक्ष रोकायाले गाडी सडकबाट ३०० मिटर तल झरेको जानकारी दिए । बागमती टेलिभिजनसँग कुराकानी गर्दै उनले मृतक चार जनाको पहिचान भएको बताए । हराएकाहरुको खोजीमा प्रहरीसहितको टोली लागि परेको समेत अध्यक्ष रोकायाले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x