बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो । जैमिनी–७, जैदीको व्यार्थलामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकहरुको पहिचान खुल्न बाँकी छ । भ्यानमा सवार एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE