आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार ओरालो लागेको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE