शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

कथित झाँक्री प्रकाश भुजेलले बौद्ध प्रहरीमा गरे आत्मसमर्पण

  • 193
  •  
  •  
  •  
  •  
  •  
  •  
    193
    Shares

काठमाडौं । काठमाडौंमा एक मोटरसाइकललाई ठक्कर दिएर फरार भएका कथित झाँक्री प्रकाश भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आज दिउँसो काठमाडौंको शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका भुजेलले प्रहरी बृत्त बौद्धमा गएर आत्मसमर्पण गरेका हुन् ।

गम्भीर प्रकारका बिरामीहरुको रोग निको पार्ने भन्दै विभिन्न भ्रम छरेर असुलीधन्दा मच्चाएपछि विवादमा आएका झाँक्री बौद्ध क्षेत्रमै बस्दै आएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रेस प्रतिनिधि पास लिनेदेखि विभिन्न फण्डाहरुमा संलग्न भएका उनले अस्पतालले निको पार्न नसकेका बिरामीहरुको सफल उपचार गरेको झुटो दाबी गर्दै रकम असुल्ने गरेका थिए ।

आफूविरुद्ध विभिन्न निकायमा दर्जनौं उजुरी परेपछि उनी भाग्दै र छलिँदैसमेत हिड्ने गरेका थिए । उनै कथित झाँक्री भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै दम्पत्ती जोडी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै भुजेल फरार भएपछि स्थानीयहरुले सो क्षेत्रमा टायर बालेर ढुंगामुढा समेत गरेका थिए । गम्भीर घाइते दुइजनाको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

कथित झाँक्री प्रकाश भुजेको गाडीद्वारा मोटर साइकललाई ठक्कर, त्यसमा सवार दम्पत्तीको अवस्था गम्भीर

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x