शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार बिहान गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल देशभर पश्चिमी र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x