राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए । उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताए । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए । वैरभाव पलायो भने बुद्धिजम नहुने उनको भनाइ थियो ।
उनले भने, ‘राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिल्कुल फरक हो । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा हो । वैरभव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन ।’
प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए । आफू बुद्धवादको अध्येता नभइ बुद्धवाद मन पराउने मानिस भएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE