शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

राज्यको ढुकुटीमा लुट मचाएको सरकारको कर आतंकले महंगी बढयोः प्रभु साह

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन् । करको नाममा हरेक क्षेत्रमा ओली सरकारले आतंक मचाएको आरोप उनले लगाए ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक बस्तुमा कर आतंक मचाएको टिप्पणी गरे ।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ । संगसंगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए । सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरहेको बताउँदै उनले बिभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए ।

‘अहिले सरकारी आतंक मचिएको छ । सरकारले सत्तारुढ दलका अपराधि, भ्रष्टलाई जोगाउने काम मात्रै गरेको छ । सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ । प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन् ।’

आजपा धनुषा जिल्ला अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको अन्तरक्रिया कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह, उपमहासचिव राजन यादव लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x