पुथाउत्तरगंगा–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध
काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले) तर्फबाट उपाध्यक्षको प्रतिस्पर्धी रहेका जीवन रोकाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । उक्त पालिकाको उपाध्यक्षमा सत्तारुढ नेपाली कांग्रेस र एमालेले गठबन्धन बनाएका छन् । गठबन्धनको सहमति अनुसार पालिकाको उपाध्यक्षमा कांग्रेसको चुनाव चिन्ह रुख लिएर एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छिन् ।
वडाध्यक्षमा घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE