आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पाँच दिनदेखी लगातार बढेको सुनको मूल्य कारोबार साताको अन्तिम दिन शुक्रबार पनि बढेको हो ।
नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको छ । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर १ लाख ६० हजारसम्म झरेको थियो । विगत पाँच दिनयता भने सुनको मूल्य लगातार बढिरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । हिजो १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ घटेर १हजार ९४० रुपैयाँमा झरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE