बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

४१ मध्ये ३६ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । स्थानीय निकायका पदाधिकारीहरुको पदपूर्तिका लागि ४१ स्थानमा भएको उपनिर्र्वाचनको परिणाम अन्तिम चरणमा पुगेको । यो समाचार तयार पर्दासम्म ३६ स्थानको नतिजा आएको हो ।

नेपाली कांग्रेसले अहिलेसम्म १५६ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ५ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक–एक स्थानमा जित हासिल गरेका छन् ।

कहाँ कसले जिते ?
काग्रेस विजयी (१६)
रोल्पा रून्टीगढी गाउँपालिका–४ को वडाध्यक्ष –भूपमणि पुन मगर
दार्चुलाको दुहुँ–५ मा वडाध्यक्ष–धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष–खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष –मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडा वडाध्यक्ष –अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष –मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको–७ को वडाध्यक्ष–शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट–१ को वडाध्यक्ष–आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा–१२ को वडाध्यक्ष –अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष –इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका–६ को वडाध्यक्ष –समसे आलम
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष–धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष –नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष –तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष –प्रकाश चन्द
कीर्तिपुर नगरपालिका वडा नम्बर मा कांग्रेसका राजेन्द्र बानियाँ
एमाले विजयी (७)
ओखलढुंगाको मोलुङ गाउँपालिकाको–५ को वडाध्यक्ष –गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका–५ को वडाध्यक्ष–लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्ष–सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा–३ को वडाध्यक्ष–कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्ष –मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष –जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष–सुलोचना भण्डारी

माओवादी विजयी (७)
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष–विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष–कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष–नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको–१ को वडाध्यक्ष–सुनिल कुमार केवट
रोल्पाको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष–जगत घर्ती (निर्विरोध)

नेकपा एस विजयी (१)
रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्ष–बजरंगीप्रसाद यादव

जसपा विजयी (२)
सप्तरीको डाक्नेश्वरी–४ को वडाध्यक्ष–देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी–१ को वडाध्यक्ष–धिरेन्द्रकुमार शाह

रास्वपा विजयी (१)
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष–रोजिना श्रेष्ठ

नेमकिपा विजयी (१)
कालिकोट तिलागुफा नगरपालिक–४ वडाध्यक्ष –खड्गराज शाही

स्वतन्त्र विजयी –१–
झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्ष–लक्ष्मीप्रसाद ओली

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x