बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एनपिएलः विलियमको ६ विकेटमा कर्णालीको तेस्रो जित

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । विलियम बसिस्टोले ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरमा हराउँदै कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ । जितको लागि १०४ रनको सहज विजय लक्ष्य कर्णालेले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर देव खनाल ० रनमा र बाबर हयात ७ रनमा आउट हुँदा कर्णालीले १४ रन मात्र बनाएको थियो । यसपछि चाडविक वाल्टन र गुल्सन झाले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्‍याए । चाडविकले ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडे । युवा क्रिकेटर गुल्सन झा अविजित ४९ रनमा क्रिजमा रहे । उनले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले अत्यन्त खराब ब्याटिङ प्रदर्शन गर्‍यो । १६ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन मात्र बनायो । ओपनर एन्ड्रेस गस र दिनेश खरेलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै मध्यम शुरूवात दिलाए । एन्ड्रेस २५ रन बनाएर आउट भए । यसपछि पोखराको विकेट पतनको सिलसिला शुरू भयो ।

थप ५७ रन जोड्ने क्रममा पोखराले बाँकी सबै विकेट गुमायो । दिनेश खरेल २६ रनमा र कप्तान कुशल भुर्तेल यो खेलमा पनि मात्र १० रनमा समेटिए । रेमन रेफर २० रनमा र विपिन खत्री १० रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । बलिङमा अष्ट्रेलियन बलर विलियम बसिस्टो नायक बने ।

४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ६ विकेट लिए । जारी एनपिएलमा एउटै खेलमा विलियम सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । पहिलो दुई खेले हारेको कर्णालीले यसपछि लगातार तेस्रो खेलमा जित दर्ज गर्‍यो । उसले ५ खेलबाट ६ अंक बनाएको छ । पोखराको यो तेस्रो हार हो । उसले मात्र २ अंक बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x