बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चार वटा संसदीय समितिको बैठक बस्दै

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x