बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालको उर्जा, पूर्वाधार विकास, कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान गरेकी छिन् । शुक्रवारबाट ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)पछि कुरा गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।

नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् । उनले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् । उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताइन् ।

उनले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्वपूर्ण छ । नेपाल र भारतबीचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध छ । नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध पनि धेरै नै महत्वपूर्ण छ ।’

नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x