शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

नेपालमा होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३, लगानी ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधवार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो ।

आर्थिक वर्ष २०७९/०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ । उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरुको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव ज्याला र सुविधामा करिव २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ । सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिव २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिव ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

होटल तथा रेष्टुरेण्टले नेपालको अर्थतन्त्रमा करिव १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिव ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांकले देखाएको छ । पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा ग्रेको बताए । उनले गणकहरुलाई दिने सेवा सुविधाहरुमा कमी रहेको बताए ।

उनले भने, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ । नियतले जाने बुझेसम्म गलत गर्दैनौँ । तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ । सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ । फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ ।’

होटल तथा रेष्टुरेण्टमध्ये करिव २८.४५ ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६५ प्रतिष्ठानहरुको ऋण नभएको/नलिएको देखिएको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x