माघे संक्रान्तिमा शितलनिवासमा नेताहरुको जमघट (तस्बिरहरु)

काठमाडौं । माघे संक्रान्तिको अवसरमा नेताहरु शितल निवासमा भेला भएका छन् । सो अवसरमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभाकामना व्यक्त गरे ।
शितल निवासमा आज माघे संक्रान्तीको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ ।
माघी पर्वको अवसरमा आज शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा।. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE