बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टेलिचलचित्र ‘माइतीघर’को चौथो भाग प्रसारित

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडौं । सामाजिक विषयवस्तु समेटेर निर्माण गरिँदै आएको टेलिचलचित्र ‘माइतीघर’को चौथो भाग प्रसारण भएको छ । मणिलिङ्गेश्वर फिल्मस् हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुँदै आएको यस टेलिचलचित्रको चौथो भाग शुक्रबार साँझ ७ः३० मा बागमती टेलिभिजन एचडी र ८ बजे माइतीघर युट्युब च्यानल र बागमती टेलिभिजन एचडीको फेसबुक पेजबाट प्रसारण भएको हो ।

यस टेलिचलचित्रलाई नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारीले संयुक्त रुपमा निर्माण गर्दै आएका छन् । हाल १० भागसम्म छायाँकन गरि सकिएको यस टेलिचलचित्रको त्यसपछिका भागहरु अझ विशेष बनाउने निर्माताद्वयको भनाइ रहेको छ ।

टेलिचलचित्रमा बिवाह गरेर कर्मघरमा गएकी चेलीले भोग्न वाध्य हुने यातनाको कथा समेटिएको छ । समयसँगै अब महिला कसैको दास बन्न हुन्न भन्ने सचेतनामूलक विषयवस्तु पनि यसमा समेटिँदै जाने निर्माता मध्येका एक नवराज अधिकारीले बताए । उनका अनुसार टेलिचलचित्रमा नारी समवेदनामात्र नभइ समसामयिक विषयवस्तु पनि समेटिनेछ ।

इश्वरी प्रसाद अधिकारीले पनि १० भागसम्म आफैंमा विशेष रहेको टेलिचलचित्र त्यसपछिका भागहरु रोचक तथा अझ मनोरञ्जक हुने बताए । एउटै टेलिचलचित्र मार्फत सम्पूर्ण मनोरञ्जन तथा सामाजिक सन्देश प्रवाह गर्ने कन्टेनको प्रतिक्षामा रहेका दर्शकहरुको चाहना ‘माइतीघर’ले पुरा गर्न सक्ने उनको भनाइ रहेको छ ।

यस टेलिचलचित्रमा सपना श्रेष्ठ, शितल केसी, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत, नित्याशिवाको स्वर तथा अर्जुन थापाको सम्पादन रहेको छ । टेलिचलचित्रको १० भागसम्मको लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x