बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

त्रिदेशीय महिला टी–२० शृङ्खलाः नेपालले आज थाइल्याण्डसँग खेल्दै

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । यता,पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ । पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ ।

यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ । आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x