कानून व्यवसायी परिषद् बागमतीको पार्षद्मा खनाल विजयी

काठमाडौं । कानून व्यवसायी परिषद् बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन् । पार्षद्कै उम्मेदवार रहेका अर्का वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई ५ सय ७८ मत अन्तरले पराजित गर्दै खनालले बाजी मारेका हुन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार पार्षद्मा विजयी भएका खनालले २ हजार ३५५ मत पाउँदा कोइरालाका पक्षमा १ हजार ७७७ मत परेको थियो । खनाल प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार थिए । खनाल एमालेनिकट प्रगतिशील पेसागत कानून व्यवसायी संगठनका हुन् । उनलाई माओवादीनिकट क्रान्तिकारी कानून व्यवसायी संगठनको पनि साथ थियो ।
कोइरालाले कांग्रेसनिकट नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एकीकृत समाजवादीनिकट कानून व्यवसायीको संगठनले साथ दिएको थियो ।
परिषद् कानून व्यवसायीको व्यावसायिक आचारसंहिताको अनुगमन र नियमन गर्ने संस्था हो । यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE