आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE