बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

हलमा दर्शक रुवाइ रहेकी ‘जुना’ले यसरी जित्दैछिन् मन

  • 2.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जुना–एक व्यथा’ गत शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा रहेको छ । गोदावरी फिल्मस् प्रोडक्सन एण्ड रिसर्च प्रा.लि.को प्रस्तुतिमा माघ २५ गतेदेखि प्रदर्शनमा आएको हो ।

सार्वजनिक प्रदर्शनमा आउनुभन्दा अगाडि विभिन्न च्यारिटी शोहरु गर्दा नै व्यापक रुपमा तारिफ कमाएको यो चलचित्रले हलहरुमा प्रदर्शन शुरु गरेदेखि नै दर्शकहरुलाई रुवाइरहेको छ । कतिपय स्थानहरुमा दर्शकहरु अत्यन्त भावविह्वल बन्न थालेपछि चलिरहेको शोहरु नै रोक्नु पर्ने अवस्थासमेत आएको छ ।

चलचित्रले समाजमा व्याप्त छुवाछुत, भेदभाव, कुरीति र कुप्रथाको अन्त्य गर्नुपर्छ, समाजमा चेतनाको विकास हुन आवश्यक छ भन्ने सशक्त सन्देश बाँडेको छ । चलचित्रले समाजमा अझै पनि अन्त्य हुन नसकेको बालविवाह जस्तो जघन्य अपराधको अन्त्य गर्नुपर्ने सन्देश उचालेको छ ।

अन्धविश्वास, कुसंस्कार कुरितीको जाँतो भत्काएर सुसभ्य र सुसंस्कृत समाजको निर्माण गर्न सकिन्छ भन्ने चेतना बिगुल फुक्दै चलचित्रले सबै वर्ग र क्षेत्रका दर्शकहरुका लागि हेर्नै पर्ने आमन्त्रण मात्र गरेको छैन, कुसंस्कार नियन्त्रणको जिम्मेवारी बोकेको राज्यलाई समेत दायित्ववोध गराएको छ । असान्दर्भिक अन्धविश्वासको ऐना हेरेर रमाएको समाजमा जीवन समर्पण गर्दै गर्दा त्यो जीवनको नारकीय दैनिकी अनि उसको चित्कारको आवाजले भरिएको विषयवस्तु हेर्दा जोकोही पनि भावविह्वल बन्छ जसले दर्शकहरुलाई भक्कानो छोड्न वाध्य बनाइरहेको छ ।

चलचित्रलाई सार्वजनिक सञ्चारहरु माध्यमहरुमा खासै प्रचार भने गरिएको छ । यसबारेमा जिज्ञासा राख्दा चलचित्रका निर्देशक जीवन सेन्चुरीले ‘अब्बल कन्टेन’लाईको भव्य प्रचार आवश्यक नभएको बताए । आफू र आफ्नो टिम ‘देख्नेको पिठो बिक्छ, नदेख्नेको चामल बिक्दैन’भन्ने कहावतको पछि नलागेको उनको भनाइ रहेको छ । आफूहरुले चलचित्र निर्माण गरेर देशमा नागरिक अझ भन्ने हो भने अबोध बालिकाहरुले सानैमा विवाह गरेर भोग्नु परेको कारुणिक जीवनलाई उतारेको बताउँदै उनले चलचित्र सफलताको सम्पूर्ण जिम्मेवारी दर्शकहरुलाई सुम्पिएको दाबी गरे ।

दीपकप्रसाद घिमिरे निर्माता रहेको यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, बिकास आनन्द, इन्द्र बि.क. र केशव अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने बिबी अनुरागी र रमेश सेन्चुरीको संगीत, जीवन सेन्चुरी र भिम ब. पौडेलको गीत, राजबहादुर सानेको कथा तथा रामेश्वर हुमागाईंको छायाँकन रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x