बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक डाकिएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि र माथिल्लो सदन राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको हो ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x