संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्ने, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रश्तुत गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रश्तुत गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE