बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६९ पैसा र बिक्रीदर ९७ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९० पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ आठ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ सात पैसा र बिक्रीदर १३ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६३ पैसा तोकिएको बैंकले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x