आजको मौसम, मुख्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्यतया मौसम सफा रहने जनाएको छ । विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।
दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE