बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

योगमायालाई महिला संगठनको संस्थापक नेतृमा स्थापित गरौँः राजेन्द्रलक्ष्मी गैरे

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरेले नेपालमा महिला संगठन निर्माणको हिसावले योगमाया पहिलो व्यक्ति भएको बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले राणा शासनको विरुद्ध योगमायाले ज्यान अर्पण गरेकाले निडर र साहशी महिलाको रुपमा राज्यले बुझ्नुपर्नेमा जोड दिइन् । योगमायालाई राज्यले महिला संगठनको संस्थापक नेतृको हैसियतमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘नेपालमा पहिलो पटक महिलाहरुको संगठन निर्माणको हिसाबले हामीले योगमायालाई चिन्दछौँ । पहिलो चोटी जाग्रित संस्था खोल्ने योगमाया हो । उहाँले राणा शासनमा जब मान्छे मार्न थालेपछि राणा शासनलाई दबाब दिन राणा साशनको विरुद्ध उहाँले एकादशीको दिन अरुण नदीमा समाधि लिनुभएको छ । त्यो बेला महिलाहरुले मात्रै लिनुभएको छैन पुरुषहरुले पनि साथ दिनुभएको छ । १६ जना पुरुष र ४८ जना महिला गरी ६४ जनाले समाधि लिएको दिन हो । त्यसैले हामीले योगमायालाई निडर महिलाको रुपमा यो देशले स्वीकार गरोस्, स्थापित गरोस् र महिलाहरुको संस्थापक लिडर भनेर मानियोस् भन्ने भावनाका साथ आओस् भन्न चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य गैरेले जनसंख्याको हिसावले महिलाको संख्या ५१ प्रतिशत भन्दा माथि भएपनि राज्यका नीति निर्माण तहमा सोअनुसार नभएको बताइन् । उनले सरकारले हरेक तहमा महिलालाई पचास प्रतिशत सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x