बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुलमानलाई हटाउने वा नहटाउने भन्ने विषयमा उहाँको जवाफ पर्खिरहेका छौँः ऊर्जामन्त्री

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमान घिसिङलाई हटाउने वा नहटाउने विषयमा सरकारले सोधेको प्रश्नको जवाफ पर्खिरहेको बताएका छन् । प्रतिनिधि सभा हल बाहिर पत्रकारहरुसँग मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले कुलमान घिसिङले विद्युत प्राधिकरणलाई नाफामा लगेको विषय सही हो वा होइन भन्ने छानविन गरेपछि थाहा हुने बताए । भारतले आफ्नो आवश्यकता हुँदा हुँदै नेपाललाई विद्युत दिएर सहयोग गरेको हिसाबले सोच्नुपर्ने बताए । अहिले पनि एक हजार मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हट्नु हुन्छ कि हुन्न त्यो छलफलको विषय बाँकी छ, उहाँको उत्तर आएपछि भनौला नि, उत्तर पर्खिरहेका छौँ । आज पनि एक हजार मेगावाट भन्दा बढी विद्युत हामीले भारतबाटै आयात गरिरहेका छौँ । बेच्नेले बेच्दिनु पर्‍यो नि त, उहाँहरुको पनि आवश्यकता छ । उहाँहरुको आवश्यकता हुँदा हुँदै नेपालको सहयोगका लागि दिएको भन्ने पनि सम्झिनु पर्छ । त्यो पछि छानविनपछि थाहा हुन्छ । कर्मचारीहरु र सबैले अनुशासित र मर्यादित हुनुपर्छ ।’

कुलमान घिसिङको प्रगति विवरणमा शुन्य अंक पाएको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री खड्काले कर्मचारीहरु अनुशासित र मर्यादित हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x