बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गरे । उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्रए नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे ।

उनले भने, ‘जनता असन्तुष्ट छन् । असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन । जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो । जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु । तर वर्तमान सरकार आएसँगै उनीहरु रिसाएका हुन भन्ने कुरामा चाँही कतै पनि चित्त बुझाउने ठाउँ छैन ।’

उनले व्यवस्थाको सुदृढिकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x