बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, यी ठाउँमा हुनेछ हावाहुरी सहितको वर्षा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना बढी रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै भागमा आज दिउँसो वर्षाा हुने छ । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा आइतबार बिहान पनि पानी परेको छ ।

काठमाडौंसहित केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिमबाहेकका सबैजसो भूभागमा हावाहुरीको सम्भावना रहेको दाहालले जानकारी दिए ।

काठमाडौंमा समेत वर्षाको सम्भावना छ । यहाँ दिउँसोतिर वर्षा हुन सक्ने उनले बताए ।

कोसीको तराई र पश्चिम लुम्बिनीबाहेकका भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x