बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, यी ठाउँमा छ आज पानी पर्ने सम्भावना

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज अधिकांश स्थानमा भने मौसम सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ रहेको छ । कोसी र गण्डकी प्रदेशका केही उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौंमा आज दिउँसो मुख्यतया मौसम सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सम्भावित क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी र स्थानीय वायु ‘स्ट्रङ’ नहुँदा ठूलो र धेरै स्थानमा वर्षा हुन सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x