बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मिसन–०८४ मा लाग्न युवा कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।बिहीवार लोकतन्त्रको स्थापना दिवसको अवसरमा नेकपा ९एमाले०ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले काँग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वको लागि बनेको जिकिर गरे । उनले सरकार मुलुकलाई स्यायित्व दिने ध्याउन्नमा अगाडि बढिरहेको उल्लेख गर्दै सरकारको चिन्ता नगर्न समेत आग्रह गरे । उनले नेकपा एमालेको ध्यान सरकारमा नभई चुनाव केन्द्रित हुने समेत टिप्पणी गरे । संसदको बनावटअनुसार देशलाई ठिक ढंगले अगाडि बढाउने प्रयास पार्टीले गरिरहने उनको दाबी छ ।

उनले भने, ‘यतिबेला नेकपा ९एमाले० र नेपाली काँग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र यसले स्थिरता र स्यायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा (एमाले) ले सरकार बनाउ र सरकार बचाउ भनेर कराएको छैन । नेकपा एमालेले जहिले पनि के भन्छ भने चुनाव हेरेको हुन्छ । हामीले ०७० को चुनाव हे¥यौं । ०७४को चुनाव भन्यौं, ०७९ को चुनाव भन्यौं र ०८४ को चुनाव भनिरहेका छौं । मिसन ०८४ भनेका छौं । म साथिहरुलाई आग्रह गर्न चाहान्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने काममा अहिलेको संसदको बनावट अनुसार देशलाई ठिक ढंग अगाडि बढाउने प्रयास नेकपा एमालेले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस् ।’

स्वदेशी तथा विदेशी तत्वहरु मुलुकलाई प्रतिगमनतिर धेकेल्ने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x