बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को जर्जमा रेखा, थानेश्वर र निशा रहने

  • 1.9K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौं । नेपालमै पहिलो फरक रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’का लागि निर्णायक (जर्ज)हरुसँगको सम्झौता टुंगिएको छ । बागमती टेलिभिजन एचडी र एच.एस. साइना क्रियशनको संयुक्त प्रस्तुति रहने यस रियालिटी शोका लागि कार्यक्रमको आयोजक संस्था मध्येको एक एच.एस. साइना क्रियशनले जर्जहरुसँग सम्झौता गरेको हो ।

जस अनुसार जर्जहरुमा अभिनेत्री तथा निर्देशक रेखा थापा, अभिनेत्री निशा अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम उक्त कार्यक्रममा जर्ज रहने छन् । हाल डिजिटल अडिसन खोलिएको रियालिटी शो ट्यालेन्ट अफ नेपालको प्रसारण आउँदो जेठ महिनादेखि बागमती टेलिभिजन एचडीबाट हुने भएको छ । कार्यक्रम हरेक हप्ताको शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म प्रसारण हुनेछ ।

उक्त कार्यक्रमको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने भोटिङ पार्टनर एभेन्टोज रहेको छ । प्रतियोगितात्मक यस कार्यक्रममा भाग लिन चाहनेहरुले AVENTOZ एप डाउनलोड गरी फारम भरेर पठाउन सक्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

कार्यक्रमका निर्देशक समन अधिकारीले यो रियालिटी शो नेपालमै पहिलो पटक मौलिक तरिकाले गर्न लागिएको बताए । उनका अनुसार यस रियालिटी शोमा नृत्य, अभिनय लगायत आफूसँग भएका जुनसुकै विधाको प्रतिभा देखाउन सकिनेछ । प्रतियोगीका लागि उमेर हद नतोकिएको कार्यक्रममा भाग लिनेहरु आफैंले आफूमा भएको फरक क्षमता पहिचान गरेर २ देखि ५ मिनेटसम्मको भिडियो क्लिप खिचेर पठाइ सहभागी हुन सकिने निर्देशक अधिकारीको भनाइ रहेको छ ।

प्रतियोगितामा भाग लिने फारम भर्न यो लिंकमा क्लिक गर्नुहोस् :

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x