नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं । नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको हो ।
घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुने जनाइएको छ । यस्तै नेपाली काङ्ग्रेस (बीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ । र
ाप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे । कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुने साथै भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य रहेको दावी गरे ।
आन्दोलन शान्तिपूर्ण हुने बताइएको छ । भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको बताइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE