बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

उनले सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरुको सुरक्षाका लागि बस्ने गरेपनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गरिन् ।

उनले भनिन्, ‘यहीँ उभिरहनुभएका मर्यादापालकहरुको समस्या सुनुवाई गरोस् । सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनु हुन्छ । तर उहाँहरु न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ । तर सरकारले उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरेको छैन । आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उहाँहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उहाँहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x