माओवादीको गण्डकी गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गोरखाको गण्डकी गाउँपालिकामा वृहत राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम–२०८१ आयोजना गरेको छ । उक्त कार्यक्रम पार्टीका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम पार्टीका पालिका अध्यक्ष मिलन मग्रातीको अध्यक्षतामा भएको थियो भने केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइन्चार्ज हरी अधिकारी, केन्द्रीय सदस्य पर्शुराम रम्तेल, गोरखा जिल्ला इन्चार्ज अमर तमु, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौंले माओवादीको सदस्यता लिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE